दलित समुदायले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति आक्रोश व्यक्त गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

आइतबार (वैशाख २०) माइतीघरमा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए । तर, भेट नदिएपछि उनीहरूले प्रधानमन्त्री बालेनको आलोचनासहित प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा मारिएका श्रीकृष्णका आफन्तलाई समेत भेट नदिएपछि आफूहरूले त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजीत सिर्पालीले बताए ।

“प्रधानमन्त्रीज्यूले भेट्न समेत दिनुभएको छैन । उहाँ (प्रधानमन्त्री) आफैँ गृह र रक्षामन्त्री पनि हुनुहुन्छ,” उनले भने ।

उनले प्रहरी चौकीमा श्रीकृष्णको हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनका निम्ति सरकारलाई दबाब दिए ।

“…सरकारले गठन गरेको जुन छानबिन समिति छ, त्यो दोषीको अधीनमा छ । प्रहरी भनेको गृह प्रशासन हो । सीडीओ कार्यालय भनेको गृह प्रशासनको कुरा हो,” उनले भने, “त्यही भित्रबाट जुन किसिमको छानबिन समिति बनाइएको छ, यसले सही प्रकारको रिपोर्ट ल्याउँछ जस्तो हामीलाई लाग्दैन ।”

दलितमाथि हुने सबै प्रकारका हत्या, हिसा अन्त्यको माग गर्दै विरोध प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी समेत गरिएको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय