नेपाल स्टक एक्सचेन्ज लिमिटेडले यही वैशाख ७ गतेदेखि लागु हुने गरी नयाँ नियम ल्याएको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ वैशाख ७ गतेदेखि लागु हुने जानकारी दिएको हो ।
जसअनुसार, नेप्सेले निर्धारण गरेको कारोबार समयअघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिन सक्नेछन् । त्यस्तो आदेश दिएमा सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गर्नुपर्ने भएको छ ।




