नयाँ प्रतिनिधिसभा बनेपछि रास्वपा नेतृत्वको सरकारलाई सदन र बाहिरबाट छिनछिनमा खबरदारी गर्ने व्यक्ति हुन्– हर्क साम्पाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङ छिनछिनमा समाजिक सञ्जालमा प्रकट भएर सरकार र रास्वपाका कार्यशैलीमाथि प्रश्न गर्छन् । विपक्षी बेन्चमा बसेर सरकारलाई खबरदारी गर्ने साम्पाङ नेतृत्वको पार्टीलाई रास्वपाले भने उपसभामुख समर्थन गर्ने निर्णय गरेको छ ।
संसदमा पहिलोटक नयाँ शक्तिको रुपमा प्रवेश गरेको श्रम संस्कृतिलाई प्रतिनिधिसभाको उपसभामुख जस्तो विशिष्ट पद मिलेको हो ।
सात जना सांसद रहेको यो पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर उपसभामुख बन्ने करिब निश्चित छ । किनकी रास्वपाको समर्थन पाउने बित्तिकै उनको पक्षमा संसद्को दुई तिहाई भन्दा बढीको समर्थन हुन्छ ।
नयाँ चुनावपछि परिवर्तनकारी शक्तिहरूबीच मिलेर जान श्रमसंस्कृतिलाई समर्थन गरेरको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।



