राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (चैत २७) दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शुक्रबार सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई पत्र पठाइएको छ ।

संसद् सचिवालयले राष्ट्रपतिको सम्बोधनबारे केही समयमा नै सूचना प्रकाशन गर्ने तयारी गरेको छ ।

“राष्ट्रपतिज्यूले सम्बोधन गर्ने तय भएको छ, संसद् सविचालयबाट केही समयमै सूचना आउँछ,” स्रोतले भन्यो ।

राष्ट्रपतिले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् । र, यस्तो व्यवस्था संविधानमा छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय