नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजी गर्नुपर्ने बताएका छन् । शनिबार (चैत २१) काठमाडौंमा आयोजित ‘निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेता राजन भट्टराईको भनाइ पढ्नोस्–
नेपालभित्र चलखेल हुने सम्भावना छ । हाम्रो भूराजनीतिक संवेदनशीलता बढेर जान खोजेको छ । यति बेला गर्ने के ? यति बेला सबैभन्दा गर्ने काम के हो भने, पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो । राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रूपमा प्रतिस्पर्धा गरौँ, विवाद गरौँ । सबै चिज गरौँ । यो संवेदनशील विश्वव्यवस्था आइसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि हामी सबैले पहल लिनु आवश्यक छ । त्यो पहल आन्तरिक संवादबाटै अगाडि बढाइनुपर्छ । हाम्रा केहीकेही मान्यताहरू फरक हुन सक्छन् । हिजोदेखि फरक मान्यता बोकी आएका कारण हामी फरकफरक ठाउँमा उभिने स्थिति बन्न सक्छ । किनभने, हामी फरक राजनीतिक पृष्ठभूमि बोकेका फरक राजनीतिक पार्टीहरू पनि छौँ । थुप्रै दलहरू छौँ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ ऊ । उसको आउने तरिका नै चामत्कारिक छ । त्यससँग केके जोडिएका छन्, त्यो खोजतलासको विषय बाँकी नै छ । त्यसो हुनाले यो पक्षलाई ध्यानमा राखेर राष्ट्रिय एकता, देशशक्तिको भावना जगाउँदै कम से कम अरू हाम्रा छिमेकी हुन् वा अरू अन्तर्राष्ट्रिय मित्रशक्तिहरूले, हामी तुलनात्मक हिसाबले सानो, तर म सानो भन्दिनँ, किनभने यो जनसंख्याको हिसाबले ४२औँ/४३औँ स्थानमा छ । भौगोलिक हिसाबले पनि यो संसारको ९२औँ/९३औँ स्थानमा छ । यो मध्यमस्तरको मुलुक हो । तर, छिमेकी ठूला मुलुकहरूका कारण हामी सानो छौँ कि भन्ने परेको छ । तर पनि हामी चीन र भारतजस्ता छिमेकीको बीचमा भने साना नै हौँ । यस्तो संवेदनशील ठाउँमा रहेको नेपालका विदेश नीतिबारेको छलफललाई सार्वजनिक बहसको विषय व्यापक बनाउँदै लैजानु आवश्यक छ भन्ने मलाई लाग्छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय