नेकपा एमालेले सरकारसँग चारबुँदे माग अघि सारेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारसँग विभिन्न चारबुँदे माग गरेको हो ।

एमालेले सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयमा विरोध जनाउँदै तत्काल यो कदम सच्याउन माग गरेको छ ।

यस्तै,  सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने निर्देशनले प्रेसलाई कमजोर पार्ने भन्दै तत्काल यो निर्णय सच्याउन एमालेले माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

बैठकले अध्यक्ष केपी ओलीको गिरफ्तारविरूद्ध आन्दोलनमा उत्रिएकी युवतीमाथि साइबर आक्रमण भएको भन्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

यस्तै, पश्चिम एसियामा जारी हिंसाका कारण असुरक्षित नेपालीको सुरक्षा सुनिश्चित गर्न र स्वदेश फिर्तीको वातावरण बनाउन सरकारसँग माग गरेको हो ।  एमालेले संसदीय दलको नेता चयन लोकतान्त्रिक परिधिभित्रै सम्पन्न भएको जिकिर गरेको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय