तनावका बीच मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

६४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरूप्रदेश सभा सचिवालय पुग्दा एमाले कार्यकर्ताले अवरोध सिर्जना प्रयास गरेका थिए । तर, एमालेको अवरोध छिचोल्दै सात दलीय गठबन्धनले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

उपसभामुखले तोक लगाइसकेको अभियोग दर्ता हुन सभामुखले रोकेका थिए । तर, कर्मचारीले अन्ततः दर्ता गरेका छन् । त्यही क्रममा त्यहाँ पुगेका प्रदेश सांसद र सभामुखसहित उनका कार्यकर्ताबीच झडप भएको छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय