धनुषा स्थिति विदेह नगरपालिका -२ नेपाल भारत सिमाना नजिकै रहेको आपको बगैंचामा बुधबार राति करिब ८ बजेको समयमा हवाई फायर गरि अबैधरूपमा ल्याउदै गरेको सामान नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।
उनका अनुसार, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआरबाट चार राउन्ड हवाई फायर गरेको उनले बताए ।
थापाका अनुसार, झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् । एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिइएको छ ।



