
विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।
उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ ।
त्यस्तै हालसम्म उपाधि जित्न नसकेको बेंगलुरु यसपटक नयाँ कप्तानको साथमा पहिलो उपाधि जित्ने लक्ष्यमा फेरि पनि रहनेछ ।
सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् ।
त्यस्तै कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ पटक उपाधि जितेका छन् ।