काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

केन्द्रका अनुसार डि‌ंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो ।

यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय