अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका एकपछि अर्का कदमले विश्व समुदाय नै तरंगित छ । आप्रवासीमा कडाईदेखि अमेरिकी सहयोग रोक्ने उनका कदमले चर्चामात्रै दर्जनौं क्षेत्रहरु त्रसित छन् । ट्रम्पका कदमको नेपालमा प्रभाव कस्तो छ त ?

विश्व शक्ति राष्ट्रका रुपमा रहेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका एकपछि अर्का कदमले विश्व समुदाय नै तरंगित छ ।

विशेषगरि उनले आर्थिक सहयोगमा लगाएको रोकको विषय थप चर्चामा छ । यसको प्रभाव नेपालमा पनि देखिएको छ ।

अमेरिकी सहयोगका दुई ठूला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठूलो सहायता रोकेपछि सञ्चालित योजनाहरुको भविष्य के हुने भन्नेबारे अन्योलता देखिएको हो ।

नेपालमा कस्तो अवस्थामा थियो एमसीसी ?

–    नेपालमा एमसीसीबाट खासगरि सडक तथा ऊर्जातर्फका योजनाहरु अघि बढिरहेका थिए ।

–    नेपाल र एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भई एमसीसी परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो ।

–    सम्झौताअनुसार नेपालमा नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४ सय केभीए क्षमताको प्रशारण लाइन निर्माण अघि बढाइएको थियो ।

–    त्यस्तै विभिन्न पाँचवटा सडकको स्तरोन्नति समेत यो परियोजना अन्तर्गत भएको थियो ।

एमसीसीमा अहिलेको अवस्था के ?

–    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरेसँगै एमसीसी परियोजनाहरु नेपालमा ठप्प

–    एमसिए–नेपालले सञ्चालन गरिरहेका विद्युत प्रशारण आयोजना र सडक मर्मत आयोजनाहरुको भविष्य भविष्य के हुने अन्योलनमा

ट्रम्पका कदमले नेपाल प्रभावित 

–    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र युएसआईडीमार्फत प्रवाह गरिने सबै विदेशी सहायता ९० दिनका लागि रोक्का गर्ने निर्णयको नेपालमा प्रत्यक्ष असर

–    यो नीतिगत परिवर्तनका कारण नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरू प्रभावित

–    विशेषगरी, नेपालका स्वास्थ्य, कृषि, शिक्षा, र समावेशी नीति सम्बन्धि चार ठूला युएसआईडी परियोजनाहरूमा प्रत्यक्ष असर

–    सरकार र  युएसआईडीबीच भएको सहकार्यमा आधारित यी परियोजनाहरू संघीय, प्रादेशिक, र स्थानीय तहका विभिन्न निकायहरूसँग साझेदारी गरी कार्यान्वयन गरिँदै आएका थिए ।

युएआईडीबाट नेपालमा कुन क्षेत्रमा कति थियो सहयोग ?

–    युएसआईडी स्वास्थ्य प्रत्यक्ष वित्तीय परियोजना, जसको कुल बजेट ४२५ मिलियन

–    युएसआईडी कृषि प्रत्यक्ष वित्तीय परियोजना, जसका लागि ४२१ मिलियन बजेट

–    कृषि प्रत्यक्ष वित्तीय परियोजनाबाट ६९,००० घरपरिवार लाई खाद्य सुरक्षाको प्रत्याभूति गर्ने उद्देश्य

–    शिक्षा प्रत्यक्ष वित्तीय परियोजना अन्तर्गत पाँच वर्षमा ४८५ मिलियन लगानी गरिने प्रतिवद्धता थियो, जसले विशेषगरी बञ्चित र सीमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने लक्ष्य राखेको थियो ।

–    समावेशी नीति प्रत्यक्ष वित्तीय परियोजना नीति सुधार र सुशासन प्रवद्र्धनमा केन्द्रित थियो, जसले सरकारी नीति निर्माण प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो तर, यी परियोजनाहरूको सहायता स्थगन भएपछि तिनको कार्यान्वयन अनिश्चित बनेको छ  ।

स्रोतको चर्को चाप, वैदेशिक सहायता अपरिहार्य

नेपाललाई पछिल्लो समय स्रोतको चर्को चाप परिरहेको छ । खासगरी राजश्वले चालु खर्च समेत धान्नसक्ने अवस्था छैन । जसकारण वैदेशिक सहायताको लिनैपर्ने अवस्था छ ।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय