पेट्रोल,डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो।
नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य घटाएकाे छ । भारतबाट तेलकाे मूल्य घटेर आएपछि आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।
पेट्राेल र डिजेलमा प्रति लिटर ३ रुपैयाँ आयल निगमले घटाएकाे हाे । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय