पछिल्लो समयमा भारतमा कोरोना भाइरसले संक्रमण हुनेको संख्या लगातार बढीरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो करिब सात महिनापछि भारतमा देखिएको ठुलो संख्या हो । भारतमा सक्रिय बिरामीको संख्या २८ हजार नाघेको छ ।
भारतको केरला, महाराष्ट्र, गुजरात, दिल्ली र हिमाचल प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । भाइरसको बढ्दो केसलाई ध्यानमा राख्दै विज्ञहरूले मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्।



