संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । बदलिँदो शासकीय राजनीति र अन्योलबीच उनी प्रधानन्यायाधीशमा  सिफारिस भएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार (वैशाख २४) बसेको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्री शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी, प्रमुख विपक्षी नेता भीष्मराज आङदेम्बे र कानुनमन्त्री सोविता गौतम सहभागी थिए ।
न्याय परिषद्ले गत फागुनमै योग्यता पुगेका ६ न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा सिफारिस गरेको थियो ।

प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा छिन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय