प्रदेश २ मा मुसलाधारे वर्षा, जनजीवन प्रभावित
२ कार्तिक २०७८ काठमाडौं
प्रदेश २ को बिभिन्न जिल्लाहरूमा बिहानै देखि मुसलाधारे वर्षा भएका छन्। त्यही कारण जनजीवन प्रभावित बनेको छ । बारा, पर्सा, सर्लाही, धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतका बिभिन्न जिल्लाहरुमा बिहानैदेखि वर्षा जारी छ ।
वर्षाले गर्दा अधिकांश सहरहरू सुनसान देखिएको छ । ठाउँठाउँमा पानी जमेर आवत-जावतमा समस्या भएको छ बजारका अधिकांश पसल बन्द छन् । वर्षाले घरबाट बाहिर निस्किने अवस्था छैन ।
बेमौसमी वर्षाले किसान समस्यामा परेका छन् । काटेर भित्र्याउने बेला भएको धानबालीमा वर्षाले ठूलो क्षति पुगेको किसानहरु बताउँछन् । धानबाली डुबेपछि किसानहरु चिन्तित बनेका हुन् ।
मुसलाधारे वर्षाले नदीनालामा बाढी आउने खतरा बढेको छ वर्षासँगै तीव्र गतिमा हावा चलिरहेका कारण फुसका घरहरु भत्किने खतरा बढेको छ।