पोखरा एभेन्जर्सलाई आठ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ ।

यो जितसँगै टोलीले पाँच अंक जोड्यो । टोलीले तीन खेलमा दुईसहित उक्त नतिजा आत्मसाथ गरेको हो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

लुम्बिनीले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको ९८ रनको लक्ष्य ११.४ ओभरमा पूरा गर्‍यो ।

लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए । उनले ३२ बलमा समान तीन चौका र छक्का प्रहार गरे ।

अविजित रहेका निरोश डिक्वेलाले २७ रन जिते । यी दुईले ७७ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।

ओपनर डार्सी सर्टले १३ रन बनाए ।

पोखराका लागि विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।

पोखराको निम्ति चमिका करुणरत्नेले २५ रन जोडे । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण थगुन्नाले १२ रन बनाए ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलमेनले तीन विकेट लिए । उनले चार ओभरमा १६ रन खर्चिए । तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, अभिनाश गौतम र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

पोखराको यो प्रतियोगितामा लागातार तेस्रो हार हो । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेका पोखरा यसअघि सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भएको थियो । यो हारसँगै टोलीको प्लेअफ छनोट चुनौतीपूर्ण बनेको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय