पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । उनलाई आफ्नो कार्यालयभित्र प्रवेश गरेर प्रहरीले पक्राउ गरेको नेपाल प्रेसले जनाएको छ ।
सादा पोसाकमा आएका प्रहरीले सुवेदीलाई पक्राउ गरेको जानकारी दिइएको छ । सुवेदीलाई कुनै पक्राउ पूर्जीबिना समाचार कक्षमा प्रवेश गरेर लगेको पत्रकार राजाराम न्यौपानेले जानकारी दिए ।
“हामीले पक्राउ पुर्जी माग्दा आइजीपी साबले बोलाउनु भएको हो । सोधपुछका लागि भनेर लगेका हुन्,” उनले भने ।
“पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरू कार्यालयभित्र प्रवेश गरेका थिए,” नेपाल प्रेसले भनेको छ ।
