महाेत्तरी गौशालामा छठ घाट बनाउँदा ठूलै विवाद

२१ कार्तिक २०७८, नरेन्द्र महताे – महाेत्तरी

तराई क्षेत्रमा दिन प्रति दिन छठ गर्नेे व्रतालुहरुमा वृद्वि हुँदै गएकाे छ। हिन्दुहरुकाे महान चाँड छठ आस्था र विश्ववासकाे केन्द्र रहेकाेले व्रतालुहरु खुशि भएर नदी ,पाेखरी तलाउ ,ईनार कलमा गएर छठिमाईकाे नियम पुर्वक अरग दिने गर्ने गरिन्छ।

तर महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे मडहा खाेलामा घाट बनाउँदा वाद विवाद भएकाे स्थानियहरुले बताएका छन।घाट बनाउने शिल सिलामा केही व्यक्तिकाे निजि जगामा घाट बनाई राख्दा राेका गरेकाे कारण विवाद भएकाे छ ।

विवाद पछि स्थानियहरु द्वारा डाेजर लगाएर नदीकाे अर्काे ठाउँमा घाट बनाउन लागेका छन भने वडा अध्यक्ष धमेन्द्र साहले घाट बनाउनमा सहयाेग गरेका छन । तर साहले घाट बनाएकाे जग्गा अपुग भएकाे कारण नेकपा एमाले निकटका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रमाेद कुमार महताे आफ्नाे निजि जे से वि बाट पानिकाे मुहान बनाउन लागेकाे र त्यहि ठाउँमा व्रतालुहरु घाट बनाई छठि माईकाे अर्ग दिने महताेले जानकारी दिएका छन । घाट बनाए पछि कसै सँग एक रु पनि माँग नगर्ने किन कि सेवा नै धर्म हाे भने भावना बुझेर व्रतालुहरुकाे लागि घाटकाे मुहान बनाउन लागेकाे उनले स्पष्ट पारे ।तर नगरपालिकामा सवै सेवा सुविधा भए पनि ध्यान नदिएकाेमा उनले गुनासाे गरे।

 

तर यहाँ जाति समिकरणले गर्दा वादविवाद भएकाे एक धरीकाे बुझाई छ किन भने विगतककाे दिनमा एक लाईन लगाएर छठि माईकाे अरग दिने गरेका थिए तर यसपालि तीन ठाउँमा घाटकाे मुहान बनाई अरग दिनु हुनेछ ।जे भए पनि छठि माताले हामी सवैलाई कल्यण गरुण!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय