तिहारको चौथो दिन आज भाई टिका ११ बजेर २ मिनेट उत्तम साईत। 

 

२० कार्तिक २०७८, प्रदिप सिंह-सिरहा

यमपञ्चकसमेत तिहारको पाँचौँ दिन आज पुर्व काल देखि भाइटीका, दिदीबहिनीले आफ्नो दाजुभाइलाई श्रद्धा, साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन प्रत्येक वर्ष दिन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले मनाइने दोस्रो ठूलो चाड पर्व तिहार को पाँचौं दिन सप्तरंगी टीका लगाई आज बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत छ । आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय