मधेस प्रदेश: नवनियुक्त मन्त्री यादव र अन्सारी लिए शपथ।

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेकपा माओवादीका सांसद उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका मा‌ओवादीकै सांसद रहबर अन्सारीले सपथ लिएका हुन् ।

यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष र अन्सारीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष शपथ लिएका छन् । अन्सारीले भोजपुरी भाषामा शपथ लिए ।

मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय