प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्री राय पदमुक्त
राजिव शाह- सर्लाही, कार्तिक३०
सर्लाही । प्रदेश २ सरकारले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई पदमुक्त गरेको छ ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्तिक ३० गते गरेको सिफारिसमा अनुसार रायलाई पदमुक्त गरिएको हो ।
उद्योग, पर्यटन तथा वन मन्त्रालय पनि मुख्यमन्त्री राउतले सम्हालने गरी सिफारिस गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रदेश २ सरकारले एकीकृत समाजवादीलाई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी रहेको बुझिएको छ ।