प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट
२ कार्तिक २०७८, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण युरोपेली मुलुक स्कटल्यान्ड हुने भएको छ। अघिल्ला प्रधानमन्त्रीहरु नियुक्त भएको केही समयमै छिमेकी भारत र चीन भ्रमणमा जाने चलन थियो । तर देउवा प्रधानमन्त्री भएको तीन महिना बित्दासम्म कुनै देशको पनि भ्रमण गरेका छैनन्।

प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुन कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रधानमन्त्री देउवा जलवायु परिवर्नसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन स्कटल्यान्डको ग्लास्गो जाने कार्यक्रम छ देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कोप२६ सम्मेलन ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने भएको छ । सम्मेलन वार्षिक रूपमा हुने गर्छ र त्यसमा १९७ देशले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे योजनाहरू बनाउन छलफल गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय