बडादसैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले शुक्रबार सशस्त्र प्रहरी कर्मचारीहरू, पूर्व सशस्त्र प्रहरी कर्मचारीहरू एवं परिवारजनलाई विजयादशमीको टिका जमरा लगाई  प्रसाद प्रदान गरेका छन्।

स्वयम्भूस्थित “शरद भवन” मा  आयोजित  कार्यक्रममा सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक बाट बडादसैँको टीका एवं प्रसाद प्रदान गरिएको हो।

राज्यले सुम्पेको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न हामी सबै व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ, इमानदार एवं जबाफदेही हुन माता दुर्गा भवानीले आशीर्वाद प्रदान गरुन् भन्ने कामना गर्दै महानिरीक्षक पौडेलले उपस्थित राष्ट्रसेवक कर्मचारीहरूलाई शुभकामना प्रदान गरे।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र उहाँहरूका परिवारजनको उपस्थिति रहेको थियो।

कार्यक्रम बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू एवं परिवारबिच एक आपसमा शुभकामना साटासाट गरी साङ्गठनिक भ्रातृत्व, सम्मान र एकताका साथ  सम्पन्न भएको छ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय