विगतमा भएका कमजोरी स्वीकार्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा होमिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार कमजोरी स्वीकार्दै नयाँ संकल्पसहित अगाडि बढ्न जनतामा जनताको कुरा सुन्न लागिएको हो ।
प्रचण्डले भनेका छन्, ‘हिजोका कमजोरी के रहे ? उपलब्धि के रहे ? त्यसको समीक्षा हुनुपर्यो । त्यो समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन । जनताको तहमा गएर जनताको आलोचना जनताकै मुखबाट गाउँ–गाउँ टोल–टोलमा पुगेर त्यो सुन्नपर्यो । त्यसलाई आत्मसाथ गर्नुपर्यो ।’
यसका साथै, देशको अगाडि देखा परेका तमाम अप्ठ्याराहरूलाई पार गर्नका लागि नयाँ संकल्पसहित अगाडि बढ्न पर्यो भनेर अभियानको सुरुआत गरिएको उनले बताएका छन् ।
