मधेस प्रदेश: भाटासहित जनमतको प्रदर्शन,कार्यकर्ता र प्रहरीबीच झडप।
१२ माघ २०७८, काठमाडौं।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको छ। राष्ट्रिय सभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले बाँसको भाटासहित प्रदर्शन गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। प्रहरीले भिड तितरबितर पार्न छ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ। जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल महेन्द्रनारायण निधि प्रतिष्ठानभित्र छिर्न खोजेपछि झडप भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले प्रदर्शनमा उत्रिएकालाई तितरबितर पारिएको जानकारी दिए।
उनीहरूले जनकपुरधामको रामानन्द चोकमा आज बिहानैदेखि प्रदर्शन गरेका थिए। सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको मुद्दा उठाएर प्रदर्शन गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा