बारामा मोटरसाइकल चोरीमा संलग्न गिरोह नै पक्राउ।

वीरगन्ज : बारामा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोह नै पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाइ पक्राउ गरेको छ।

प्रहरीले चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेकालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार यही साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका-७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाइ पक्राउ गरिएको थियो ।

प्रहरी हिरासतमा रहेका उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीको गिरोहमा संलग्नहरूको नाम खुलेपछि प्रहरीले अन्य चारजनालाई पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी रहेका छन्।

उनीहरूको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका मोटरसाइकल बरामद गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
15
+1
2
+1
0
+1
1
+1
3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय