फेरि बढ्यो सार्वजनिक यातायातको भाडा।
असार २८ काठमाडौं।
सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । मंगलबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको हो
विभागले डिजेलको मूल्य ९ रुपैयाँले बढेका कारण सवारी साधनको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको जानकारी दिएको छ विभागका अनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधनको भाडा १.७९ प्रतिशत वृद्धि भएको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत भाडा वृद्धि भएको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशत भाडा बढाइएको छ।
यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
104
+1
2
+1
51
+1
8
+1
205
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा