मुख्यमन्त्री पाण्डेलाई भेटेर फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनको आग्रह।

२२ जेठ, काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन्।

आइतबार बिहान शाहले मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा मेयर शाहले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए।

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका विषयमा जानकारी दिएका थिए। पछिल्लो समय बालेन शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय