
काठमाडौंमा बालेनको अग्रता कायमै : स्थापित भन्दा १ हजार मतले अगाडी।
०१ जेष्ठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार १९ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।
साहले आइतबार साढे १० बजेको मतपरिणाम अनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १२१९ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले १०८१ मत पाएकी छन्
हालसम्म ५ हजार ९८३ मत गणना भएको छ । यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेका छन् ।