काठमाडौं महानगरपालिको मतगणना सुरू।
३१ वैशाख, काठमाडौं।
काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।
यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो । मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो ।
पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुटेपछि मतगणना सुरु भएको हो ।