
रौतहटमा मतपेटिका लुटेर भागमभाग र आगजनी समेत।
३० वैशाख, रौतहट।
यमुनामाई नगरपालिका १ र २ मा चुनाव स्थगित भएको छ । केही व्यक्तिहरुले मतपेटिका नै लिएर खेतैखेत भागेका छन्। अवस्था तनावग्रस्त भएपछि मतदान स्थगित भएको छ।
मतदान केन्द्रमा हुलदुङ्गा भइ मतपेटिका तोडभोड भएको, खाली मतपत्रहरु च्यातिएको र केही मतपेटिका नै लगेपछि मतदान स्थगन भएको हो। यता रौतहटको बौद्धिमाई नगरपालिका वाड – २ इनर्वाको मतदान स्थलमा पनि तोडफोड र स्थिति तनावग्रस्त बनेको छ ।
जिल्लाकै माधव नारायण नपा-२ खेसरहिया टोलमा मतदान अधिकृतले गठबन्धनको पक्षमा मत छापेको भन्दै अन्य दलका उम्मेदवारका व्यक्तिहरूले मतपेटिका फुटाइदिएका छन्।
यमुनामाई गाउँपालिका वडा नम्बर १ को मावी चिकना जेठरहिया ‘क’ मतदान केन्द्रमा दिउँसो साढे बजेको समयमा वादविवाद भई झड्प हुँदा मतपेटिकामा पानी खन्याएको, मतपेटिका तोडफोड भएको छ । मतदान स्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका छन्।
त्यसैगरी सोही गाउँपालिकाको वडा नम्बर २ भेडियाहीमा पनि २ वटा मतपेटिका दिउँसो साढ़े चार बजेको स्थानीयहरु लुटेर भागेका छन्। मतपेटिका लुटिँदा पनि सुरक्षाकर्मी मुकदर्शक नै बनेका छन् ।
यसैगरी बौधीमाई नपाको कंकालीमाई मावी सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा मतपेटिका तोडफोड गरी आगो लगाइएको छ।
माधवनारायणको खेसरहिया अहिले पूर्णरुपमा तनावग्रस्त बनेको छ। यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृत हरिप्रसाद शर्माले वडा नम्बर १ मा मतपेटिकामा क्षति पुऱ्याएको र वडा नम्वर २ मा मतपेटिका लिएर भाग्दा गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताएका छन्।