जसपा उम्मेदवार द्वारा कुटिए नेकपा माओवादी नेता राय,मतदान रद्द गर्न माग।
३० वैशाख, सर्लाही।
देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ।मतदानका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो । आयोगले तोकेको समय सकिए पनि कतिपय स्थानमा भने मतदान भइरहेको छ भने कतिपय ठाउँमा झडप, हावाहुरी, वर्षाले गर्दा मतदान रोकिएका छन्।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका वार्ड -१७ आधारभूत विद्यालय परोरिया मतदान केन्द्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बिरेन्द्र राय माथि जनता समाजवादी पार्टीका उम्मेदवार राम विश्वास राय लगायत उनका कार्यकर्ताहरुले कुटपिट गरेका छन्।
कुटपिट भई घाइते भएका नेता बिरेन्द्र राय लगायतका घाइते हरुको भने उपचारको क्रममा छन् नेकपा एमालेका स्थानिय युवा नेता दिनेश रायले जनकारी दिएको छ।
घटनालाई मध्यनजर राख्दै स्थानिय नेकपा एमाले नेता दिनेश कुमार राय,लालबाबु राय, जनमत नेता कृष्ण कुमार चौधरी, वेदानन्द यादव लगायतका नेताहरू मतदान रद्द गरि फेरि मतदान गर्न निर्वाचन अधिकृत संग माग गरेका छन्।