स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने।

२५ वैशाख, काठमाडौं ।

स्थानीय तह निर्वाचनको दिन सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो ।

उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहनेछन् । मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

• निर्वाचन आयोगको यही २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोही अनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

मतदानको दिन भने यति एयरलाइन्सले मानवीय उद्दार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्नेछ । त्यस्तै अन्य एयरले पनि मानवीय उद्धार तथा अनुमति • प्राप्त चार्टर उडान भने कायमै राख्ने संघका प्रवक्ता • योगराज कंडेल शर्माले बताए ।

तारा एयरले भने दुर्गममा गर्दै आएको खाद्यान्न ढुवी तथा पर्यटकहरूको लागि गर्ने चार्टर उडान भने यथावत राख्ने प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय