स्थानीय चुनावलाई आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत।
१३ चैत्र, काठमाडौं।
निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ। पालिकामा भने निर्वाचन अधिकृत तोकिएको हो। आयोगले आज गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति गरिएको उल्लेख गरेको छ।
०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ।
खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ।
निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ।
उनीहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिने र उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ।