मेलम्चीको पानी चैत भित्र काठमाडौं आउने।
२७ फाल्गुन, काठमाडौं।
आउँदो चैतमा मेलम्चीको पानी काठमाडौंमा पुर्याइने भएको छ ।वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ ।
गत असार १ गतेको मेलम्ची खोलाको बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुल लगायतका भौतिक संरचनाहरू भत्किएका थिए ।प्रवक्ता पन्तले भने, ‘हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम–अन्तिम भएको छ, पानी पथान्तरणको वैकल्पिक माध्यमबाट चैतमा पानी ल्याउने योजनाका साथ काम भएको छ, चैतमा पानी ल्याउन सक्छौं भन्ने नै छ ।’
सुरुङको गेग्य्रान हटाउने काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले जानकारी दिए । उनका अनुसार बाढीले ल्याएका ठूला ढुंगाहरू नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्ने काम भइरहेको छ ।
उनले भने, ‘अझै १ हप्ता ब्लास्टिङ गर्न लाग्छ, गेग्य्रान पन्छाउने काम ६५ प्रतिशत सम्पन्न भएको छ, अब १ हप्तामा गेग्य्रान हटाउने काम सम्पन्न हुन्छ ।’
बाढीले आयोजना स्थलमा ६० हजार मेट्रिक टन गेग्य्रान जम्मा गरेको थियो । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गेग्य्रान पन्छाउने काम गरेको छ । आयोजना स्थलमा १२ वटा डोजर, २२ टिप्पर र एक्साभेटरले परिचालन भएका छन् । मेलम्चीमा आगामी वर्षात्हरूमा पनि बाढी आउन सक्ने जोखिम कायमै छ । बाढीको रोकथाम तथा क्षति न्यूनीकरणका लागि भौगर्भिक रूपमा अध्ययन भइरहेको पन्तले जानकारी दिए । बाढीले आयोजनाको प्रवेश मार्गको चनौटेदेखि अम्बाथानसम्म ८ किलोमिटर सडक बगाएको थियो ।
चनौटेसम्मका सडकमा आंशिक क्षति पुगेको थियो । गेग्य्रान र ब्लास्टिङ गरेर निस्केका गेग्य्रान सडक निर्माणमा प्रयोग गरिएको आयोजनाले जनाएको छ ।
बाढीले बगाएका आयोजनाका पुलहरू निर्माण भइरहेका छन् । बाढीले १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आयोजनाले निकालेको थियो । हालसम्म आयोजना निर्माणमा ३५ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
२०७७ चैत १५ गते मेलम्चीको पानी उपत्यकामा परीक्षणस्वरूप वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा