आन्तरिक हवाई उडानको भाडा वृद्धि।
२१ फाल्गुन २०७८, काठमाडौं ।
नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । आइतबार (फागुन २२) देखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।
संघले आन्तरिक उडानतर्फ ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । आइतबारदेखि लागू हुने गरी तोकिएको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा भाडा वृद्धि भएको छ ।
विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले भाडा वृद्धि गरिएको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले भाडा वृद्धि भएको बढेको छ ।
यस्तै, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले भाडा वृद्धि गरिएको छ ।नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि ह्वाई उडान कम्पनीहरुले पनि भाडा वृद्धि गर्न बाध्य भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय