बानेश्वर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन।
१३ फाल्गुन २०७८,काठमाडौं।
बानेश्वर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
संसद्मा एमसीसीबारे प्रस्ताव प्रस्तुत हुने भएपछि विरोधमा हुने सभावित प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले बानेश्वर वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरेको हो । बानेश्वर आसपासका क्षेत्रमा सादा पोसाकका प्रहरी, गुप्तचरलाई समेत बिहानैदेखि खटाइएको गृह स्रोतले बताएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा समेत एमसीसीबारे छलफल हुने कार्यसूची थियो । तर गठबन्धनबीच एमसीसी अनुमोदन गर्नेबारे सहमति हुन नसकेपछि अन्तिम समयमा सभामुख अग्नी सापकोटाले बैठक स्थगित गरेका थिए । बिहीबार समेत बानेश्वर, बिजुलीबजार, बबरमहल लगायतका क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
2
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा