मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी।
२४ माघ २०७८, काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकबाट आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ।
आइतबार बसेको प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा आजको मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए।
यसअघि निर्वाचन आयोगसँगको छलफलमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा