फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सरकारलाई सिफारिस।
२३ माघ २०७८, काठमाडौं।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ ।
सिसिएमसिसीको आइतबार बसेको बैठकले भौतिक रूपमै विद्यालय खोल्न सरकारलाई सिफारिस गरेको हो । कोभिड तेस्रो लहरका कारण पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।
त्यसपछि सिसिएमसिसीकै सिफारिसमा सरकारले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । माघको पहिलो सातादेखि बन्द रहेका विद्यालय एक महिनापछि खुल्ने सम्भावना देखिएको छ ।
यसअघि शिक्षा मन्त्रालयमा बसेको बैठकमा पनि सरोकारवालाले भौतिक रूपमै विद्यालय खोल्न सरकारलाई आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा