जनमत पार्टी द्वारा पूर्व-पश्चिम् राजमार्ग अवरुद्ध।
२० माघ २०७८, काठमाडौं।
जनमत पार्टीले आज पूर्व-पश्चिम् राजमार्ग बन्द गरेको छ । किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने मागसहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्ग बन्द गराए।
मल तथा बिउ बिजन सहजरूपमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएको जनमत पार्टीले आन्दोलनका कार्यक्रमअन्तर्गत राजमार्ग बन्द गराएको हो।
उनीहरुले पूर्व-पश्चिमी राजमार्गअन्तर्गत धनुषाको ढल्केवर, बिरेन्द्र बजार सिरहाको लहान, मिर्चेयासहितका स्थानमा राजमार्ग बन्द गराउँदै हिँडेका छन् । किसान आन्दोलनको • नाममा सिके राउतका कार्यकर्ताले विगत १ महिनादेखि आन्दोलन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय