श्रोत नखुलेको साढे १४ लाख सहित भारतीय नागरिकलाई सशस्त्र प्रहरीद्वारा पक्राउ।
रौतहट, २५ पौष अमरेस कुमार पाण्डेय।
श्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर १ स्थित नेपाल भारत सिमा क्षेत्रको मनमोहन प्रवेश गेट भएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा भारत विहार पुर्वी चम्पारण जिल्ला तेलहरा ७ का ३९ बर्षिय संजयकुमार जयसवाललाई साढे १४ लाख नेपाली नोट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनी पति डिआईजी गणेश ठाडा मगरले जानकारी गराएका छन।

विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको प्रदेश नम्वर २ बाहिनीको टोली र ११ नम्वर गणको संयुक्त स्क्वार्यड टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको विआर ०५पिजी ८०५६ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा सिटमुनी लुकाएर राखिएको अवस्थामा उक्त नेपाली रुपैया सहित जयसवाललाई पक्राउ गरिएको मगरले जानकारी दिएका छन्।

श्रोत नखुलेका रकम सहित जयसवाललाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको समेत जानकारी गराएका छन। पछिल्लो समयमा सिमापारीबाट श्रोत नखुलेको रकम सहित नेपाल आउने क्रम बढ्दै जाँदा त्यस्ता गैरकानुनी कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई निगरानीमा राखेर नियन्त्रणमा लिने कार्य सशस्त्र प्रहरीले बिषेश रुपले ध्यान दिएको समेत मगरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय