माओवादी केन्द्र नेता नारायणकाजीलाई कोरोना संक्रमण।
२४ पुष २०७८, काठमाडौं ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको श्रेष्ठले जनाएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सतर्क हुन पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।
श्रेष्ठका अनुसार उनी अहिले होम आइसोलेसनमा छन् । अबको १४ दिन कसैसँग भेटघाट नगरी आइसोलेसनमा बस्ने उनले जनाएका छन् ।
माओवादीले हालै देशभरका नेता–कार्यकर्ता भेला पारेर राजधानीमा महाधिवेशन गरेको थियो । जसमा सहभागीमा धमाधम कोरोना पुष्टि हुन थालेको छ । शुक्रबार मात्रै वाइसिएलका पूर्वअध्यक्ष एवं सो पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखालगायतलाई पनि कोरोना संक्रमण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा