गृहमन्त्री सुधन गुरुङले आफू छड्के जाँदा गृहमन्त्री गायब भनेर समाचार आउने गरेकाे भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार भारतीय सीमावर्तीका नेपालीको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै मन्त्री गुरुङले यस्ताे बताएका हुन् ।

गुरुङले भने,‘म छड्के जान्छु, सुरक्षा लिएर गइनँ, गृहमन्त्री गायब भयो भनेर आउँछ। म त मन्त्रालयमै हुन्छु ।’

उनले जनताको समस्या बुझ्नको लागि आफैँ छड्के जाँच गर्न हिँड्ने गरेको  बताए। सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि आफू प्रयत्नशील रहेकाे समेत उनले बताए ।

सीमा क्षेत्रमा देखिएको समस्या दीर्घकालीन समाधान गर्नुपर्नेमा उनले जाेड दिए।
एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय