इरानी जेलमा रहेका नेपाली युवा अमृत झासँग ५५ लाख धरौटी माग गरिएको उनकी बहिनी पूजाले दाबी गरेकी छन् ।
पुजाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘परदेशमा एक्लै यस्तो परिस्थिति भोग्नु कति पीडादायी हुन्छ, त्यो कल्पना गर्न पनि कठिन छ । उहाँका परिवारजन र साथीहरू आफ्नो सम्पूर्ण प्रयासमा जुटिरहेका छन्, तर यति ठुलो रकम जुटाउन एक्लैले सम्भव भइरहेको छैन । यस कठिन समयमा हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग हार्दिक सहयोगको अपिल गर्दछौँ ।’
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले रिहा भइसकेको भनी भ्रामक अभिव्यक्ति दिएका थिए ।




