नेपाली कांग्रेसका सभापति गगन थापाले पुराना नेताहरूलाई पार्टीमै आएर सँगै काम गर्न प्रस्ताव गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति थापाले जसलाई जुन ठाउँमा राख्नुपर्ने हो राखेर सँगै लिएर जाने बताए ।
“वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जुन ठाउँमा राख्ने हो राखेर उहाँहरूसँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु,” उनले भने, “पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित हुनु भएका नेताहरूको ठूलो पंक्ति बाहिर हुनुहुन्छ । अहिले जो केन्द्रीय समितिभित्र हुनुहुन्न, समितिमा ल्याएर सम्मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राख्नुपर्ने हो राखेर उहाँहरूसँगै लिएर काम गर्न चाहन्छु ।”



