अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरबीच मंगलबार भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा भएको भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधिलगायतको उपस्थिति थिए ।
तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरले मंगलबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका थिए ।
भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको थियो । पराराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुरा भएको छ ।
कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन् । उनको सोमबारबाट सुरू भएको उनको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि यसलाई हेरिएको छ ।



