रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लेको छ । आइतबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ४३ रनले पराजित गरेको हो ।
बेंगलुरुले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा अलआउट हुँदै २०७ रन बनायो । चेन्नईको यो लगातार तेस्रो हार हो र अंकविहीन रहेर पुछारमा छ ।
चेन्नईको सुरुवात आजपनि राम्रो हुन सकेन । कप्तान रुतुराज गायक्वाड ७, सन्जु सामसन ९ अनि आयुष म्हात्रे १ रनमै आउट भएपछि तेस्रो ओभरमा ३०-३ को अवस्थामा पुगेको थियो ।
सरफराज खानले २५ बलमा ८ चौका र २ छक्कासहित ५० रन बनाए । प्रशान्त वीरले ४३ अनि जेमी ओभरटनले ३७ रन बनाए । शिवम दुबे १८ रनमा आउट भए ।