संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनको अवशेष खस्दा घाइते भएका सात नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । ‘सामान्य’ उपचारपश्चात् उनीहरू डिस्चार्ज भएका अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
सातमध्ये एक नेपालीको उपचार जारी छ । उनी यसअघि गम्भीर घाइते भएका भनिए पनि ‘खतरामुक्त’ रहेका दूतावासले जनाएको छ ।
“…गम्भीर घाइते हुनुभएका भनिएका व्यक्ति अस्पतालमा उपचार गराइरहनुभएको तर उहाँ पनि पूर्ण खतारामुक्त रहनुभएको र छिट्टै डिस्चार्ज हुने बताउनुभएको व्यहोरा जानकारी गराइन्छ,” दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



