संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् ।
आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् ।
घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन ।
संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ ।



