मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् । प्रदेश प्रमुख लाभले शनिबार (कात्तिक २९) आह्वान गरेको सर्वदलीय बैठकमा सात दलका नेता–कार्यकर्ता सहभागी नभएका हुन् ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भए । त्योसँगै अरू राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सातदलीय गठबन्धनले बहिष्कार गरेको बताए ।
प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए ।




